टाटा मोटर्सको नयाँ शोरुम विराटनगरमा

  • | शुक्रबार, ३ फागुन, २०७५
  • | 6 months ago


काठमाडौं । टाटा मोटर्सले उत्पादन बिक्रीवितरणका लागि विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटोले बुधबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो ।

 

३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको, विराटनगरको पिपलबोटमा अवस्थित यो शोरुम बिराटनगरकै ठूला शोरुमहरु मध्ये एक हो । शोरुममा टाटा मोटर्सका सम्पूर्ण रेन्जका कार उपलब्ध हुनेछन् ।