सुरजले ल्याए ‘सुटुक्कै सुटुक्कै’(भिडियोसहित)

  • | आइतबार, २२ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । नेपाल आइडल प्रथम संस्करणमा छैटौं भएका सुरज थापाले दोश्रो म्युजिक भिडियो ल्याएका छन् ।

 

आफ्नै लिरिक्स र म्युजिक कम्पोजिसन रहेको ‘सुटुक्कै सुटुक्कै’ बोलको गीतको भिडियो समेत सुरज थापाले आफैँले निर्माण तथा निर्देशन गरेका हुन् ।
‘सुटुक्कै सुटुक्कै’ दिलचोरी लग्यो भन्ने गीत प्रेमिल गीत हो । गीतमा निराजन प्रधान र रमा अर्याल र चन्द्र बहादुर थापा लगायतको अभिनय रहेको छ ।

 

यसमा आवाज दिएका छन् तारा थापा र बिबेक थापाले । गीत गोदावारी र कमलपोखरी सिटी सेन्टरमा छायाँकन गरिएको छ ।