सुजुकी मेगा एक्सचेज मेला शरु

  • | मंगलबार, १० बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । सुजुकी इण्डियाद्वारा उत्पादित विश्वप्रसिद्ध जापानी ब्राण्डको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै सुजुकी मेगा एक्सचेज मेला सुरु गरेकोे छ ।

 

यही वैशाख ९ गतेदेखि १५ गतेसम्म नेपाल अधिराज्यभर यस कम्पनीको आधिकारिक शोरुमहरुमा शुरु भएको मेला अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेन्ज गरी सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

 

यसअन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३ हजार र चालू अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजारमूल्य भन्दा थप १५ हजार प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

 

पछिल्लो समय युवापुस्ता आकर्षित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्यधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।