सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

  • | मंगलबार, १९ चैत, २०७५
  • | 2 months ago


काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति भएको दिल्ली क्यापीटल्सबाट किङ्स ११ पञ्जावविरुद्ध २ विकेट लिँदै सन्दीप २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बन्न सफल भएका हुन् ।

 

पञ्जावविरुद्ध ४ ओभर बलिङ गरेका युवा स्पिनर सन्दीपले टि—२० मा सर्वाधिक विकेट लिने खेलाडी बन्दा उनले विश्व चर्चित स्पिनर पाकिस्तानका सहिद अफ्रीदि, अफगानिस्तानका राशिद खान र बंगलादेशका शाकिब अल हसनलाईपछि पारेका छन् ।

 

सन्दीपले अहिलेसम्म २७ विकेट लिएका छन् । त्यस्तै, सन्दीपले पछि पारेका साहिद अफ्रीदीले २६, राशिद खानले २५ र हसनले २४ विकेट लिएका छन् ।