तिम्ल्याहा डाक्टरका बाबु शिवप्रसादको ‘हे नाथ दिगम्बर’ सार्वजनिक

  • | बुधबार, २१ साउन, २०७७
  • | 1 month ago


काठमाडौं—तिम्ल्याहका डाक्टरका बाबुका नामले परिचित गायक शिवप्रसाद देवकोटाको ‘हे नाथ दिगम्बर’ बोलको भजन सार्वजनिक भएको छ । देवकोटाको स्वर, संगीत तथा हरिहर पोखरेलको शब्द रहेको उक्त भजन मंगलबार शिवप्रसाद देवकोटा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

पशुपतिनाथ मन्दिरको आसपासमा छायाँकन गरिएको उक्त भजनको भिडियोलाई राजेन्द्र श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोलाई सुशील बानियाँले छायाँकन गरेका हुन् भने सुशान्त बानियाँको सम्पादन रहेको छ ।

करिव २ दशकअघि गायक बन्ने सपना बोकेर चितवनबाट काठमाडौं आएका देवकोटाले दर्जन बढी गीत गाइसकेका छन् । विश्वभर फैलिरहेको महामारीका बीचमा पनि उनले आफ्नै शब्द, संगीत तथा स्वर रहेको ‘घरभित्र हामी छौं बाहिर कोरोना’ र ‘स्याबास ओली बा’ बोलका गीत बजारमा ल्याएका थिए ।

योसँगै उनकै सिर्जनामा तयार भएका अधिकांश गीतले उनलाई नेपाली सांगीतिक दुनियाँमा गायकका रुपमा चिनाउँदै आएको छ । ‘मलाई गायक बन्ने धोको सानैदेखिको हो,’ देवकोटा भन्छन्, ‘चितवनबाट नारायण गोपालजस्तै गायक बन्छु भनेर काठमाडौं आएको थिएँ तर सोंचेजस्तो हुँदैन रहेछ ।’

‘मायाले बोलायो मलाई रातिको बाह्र बजे’, ‘न खुशी हुन सक्यौ तिमी’, ‘नजाउ विदेश’ ‘सलल बगिन नारायणी’लगायतका गीत चर्चामा छन् ।

देवकोटा गायकसँगै उनी एक विद्यालयका संस्थापक तथा प्रिन्सिपल पनि हुन् । उनले कागेश्वरी मनोहरा नगरपालिका, थली काठमाडौंमा माउन्ट एभरेष्ट सेकेन्डरी स्कूल सन्चालन गरिरहेका छन् । काठमाडौंको पूर्वी भेगमा माउन्ट एभरेष्टलाई एक अब्बल विद्यालयमा गनिन्छ ।

">भिडियो हेर्नोस