न्यूरोडमा स्मार्ट सवारी पार्किङ

  • | आइतबार, १ आषाढ, २०७६
  • | 1 month ago


काठमाडौं । काठमाडौंस्थित न्यूरोडमा स्मार्ट सवारी पार्किङ शुरु गरिएको छ ।  काठमाडौं महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलबाट उक्त पार्किङ शुरु गरेको हो ।
न्यूरोडको धर्मपथ र बिशालबजार अगाडिको ठाउँमा स्मार्ट पार्किङ् व्यवस्था शुरु गरिएको जनाइएको छ ।

 

पार्कीङको आइतबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पिओयस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर सेवा शुरु गरेका हुन् ।
महानगरले ब्हिल्स ट्रुलीयोर्स प्रा. लि सँगको सहकार्यका यो सेवा शुरु गरेको हो ।

 

प्रमुख शाक्यले स्थानीय र सरोकारवालासँग लामो समय छलफल गरेर सेवा सञ्चालन गर्ने निष्कर्षमा पुगेको बताउँदै भूमिगत र बहुतले पार्किङ् स्थल निर्माण गर्ने योजना पनि अघि बढिरहेको बताए ।

शुरुवातमा नयाँ सडकका २ वटा खण्डमा शुरु गरिएको सेवालाई क्रमशः प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा बिस्तार गरिने बताउँदै प्रा. लि. का सूचना प्रविधि संयोजक हरिश अग्रवालले सेवाबाट सहरी पार्किङ् अस्तव्यस्ततामा सुधार ल्याउन प्रयास गरिने बताइएको छ ।