सिद्धार्थ बैंकको नयाँ शाखा दमौलीमा

  • | सोमबार, २५ चैत, २०७५
  • | 2 months ago


तनहुँ । सिद्धार्थ बैंकले नयाँ शाखा तनहुँको दमौलीमा विस्तार गरेको छ ।  दमौली शाखाको व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देव कुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

 

बैंकले सो शाखा दमौली वडा नं २ सफा सडकबाट हालै दमौली व्यास नगरपालिका वडा नं ३ मा स्थानान्तरण गरेको हो । ग्राहकवर्ग र सरोकारवालाहरुको मन जित्न र थप सुविधा पुर्याउन बैंकले विभिन्न बचत खाता सञ्चालनमा ल्याउनुका साथ साथै विभिन्न सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आइरहेको छ ।

 

यसैगरी बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ । जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।