एसईई पूरक परीक्षाको समय हेरफेर

परीक्षा भदौमा

  • | आइतबार, २२ आषाढ, २०७६
  • | 1 week ago


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय हेरफेर गरेको छ ।
२०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

 

यसअघि साउन २६ र २७ का लागि परीक्षा तोकिएको थियो ।  अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ ।

बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ । त्यसका लागि साउन १० भित्र फाराम भर्न समेत बोर्डले आग्रह गरेको छ ।