प्रदेश २ मा एसईई परीक्षा स्थगित

  • | शनिबार, १६ चैत, २०७५
  • | 3 months ago


काठमाडौं । सरकारले प्रदेश २ अन्तर्गत चैत्र २१ सम्म सबै केन्द्रमा सञ्चालित एसईई परीक्षा स्थगित गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले साँझ आकस्मिक पत्रकार सम्मेलन गरी अर्को सूचना प्राप्त नभएसम्म परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका हुन् ।

 

स्थगित भएको विज्ञान विषयको परीक्षा भने २२ गते हुने भएको जनाइएको छ । स्थगित भएका बाँकी परीक्षाको सूचना भने यसै महिनाभित्र परीक्षा बोेर्डले जारी गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

साथै परीक्षापत्र आउट भएर परीक्षार्थीलाई परेको समस्याप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षणसमेत जनाएको छ । प्रश्नपत्र आउट गर्ने आपराधिक घटनामा संलग्नलाई कानुनी दायरमा ल्याउन र छानबिन गरी यथाशक्य बाहिर ल्याउन छानबिन समिति गठन गरिने विज्ञप्तिमा जनाइएको छ ।
सत्यतथ्य छानबिनका लागि अनुसन्धानको लागि टोली समेत खटाइसकिएको मन्त्रालयले जनाएको छ ।