‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा

  • | बिहीबार, २३ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा आएको छ ।

 

बिहीबार ललितपुरमा एक कार्यक्रममाबीच दुगड ब्रर्दश एन्ड सन्स प्रालिले सो मोडलको स्कुटर सार्वजनिक गरेको हो । म्याट रातो तथा पहेँलो आकर्षक रङले सजिएको सो स्कुटर उच्च प्रविधियुक्त भएको र त्यसले लामो दुरीको यातायातालाई पनि आरामदायी बनाउने कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिए ।

 

यसमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्ब इन्जिन जडान गरिएको पनि कम्पनीले जनाएको छ । स्कुटरको मूल्य तत्कालका लागि २ लाख २४ हजार ९ सय राखिएको छ ।