सभामुखको उम्मेदवारमा अग्नि सापकोटा

  • | आइतबार, ५ माघ, २०७६
  • | 8 months ago

 
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो ।

 

यसअघि आइतबार बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

उक्त सहमतिलाई सचिवालय बैठकले अनुमोदन गरेको हो ।

 

सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमबारका लागि तोकिएको छ ।