नवजात शिशुको ज्यान गएपछि स्वास्थ्यमन्त्रीले दिए राजीनामा

  • | आइतबार, २६ फागुन, २०७५
  • | 2 months ago


एजेन्सी । अस्पतालमा ११ नवजात शिशुको ज्यान गएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका छन् ।

 

राजधानी ट्युनिसको एक अस्पतालमा शिशुहरुको ज्यान गएपछि स्वास्थ्यमन्त्री चेरिफले राजीनामा दिएका हुन् ।
उनी स्वास्थ्यमन्त्री भएको ४ महिना मात्रै भएको छ ।

 

घटनापछि प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान शुरु थालिएको बताएका छन् ।

 

ट्युनिसियाको पेडियाट्रिक सोसाइटीले अस्पतालमा संक्रमणको कारण शिशुको ज्यान गएको हुन सक्ने जनाएको छ । ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तर अफ्रिकाकै उत्कृष्ट मानिन्छ ।