सरकारी सवारीसाधनहरुको मर्मतसम्भार दर्ता भएको वर्कशपमा मात्र

  • | बुधबार, २२ जेष्ठ, २०७६
  • | 1 week ago


काठमाडौं । अबदेखि सरकारी सवारीसाधनहरुको मर्मतसम्भार दर्ता भएको वर्कशपमा मात्र गर्न मिल्ने भएको छ ।
यातायात व्यवस्था विभागले सबै मन्त्रालय, आयोग तथा सचिवालयलाई पत्र काटिदिन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेको छ ।

 

आफूखुसी सञ्चालनमा आएका वर्कशप नियन्त्रण गर्न सरकारले यस्तो कदम चालेको हो ।
विभागको पत्रमा सवारीसाधन मर्मत, एसेम्बल तथा उत्पादन गर्ने कार्य सञ्चालनका लागि त्यस्तो काम गर्ने कारखाना तथा वर्कशपहरुले विभागमा अनिवार्य हुनुपर्नेमा

त्यसो नभएपछि भौतिक मन्त्रालयलाई सहयोग गरिदिन आग्रह गरिएको छ । 

 

विभागले गत सोमबार मन्त्रालयलाई पत्र लेख्दै त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखेको हो ।

विभागको पत्रमा भनिएको छ, ‘केही वर्कशपहरुले कानुनअनुसार अनुमति पत्र नै नलिई सञ्चालन भएको पाइएकोले विभागले अनुमति लिन आउने सूचना प्रकाशित गरी, स्थलगत अनुगमन गरी लिखित पत्र नै बुझाइसकेको छ । तर अपेक्षित मात्रामा प्रगति भएको छैन ।’