सरकारविरुद्ध प्रदर्शन

  • | मंगलबार, २४ आषाढ, २०७६
  • | 1 week ago


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

 

भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर सरकारले जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको हो ।
सरकारको विरोधमा देशैभर प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार समेत पठाएको छ ।
विद्यार्थीहरुले विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी आयातको व्यवस्था नमिलाउदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

 

नेबिसंघले बुधबार विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, बिहीबार मसाल जुलुस निकाल्ने र शुुक्रबार माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिसकेको छ ।