सर्वोच्चको आदेश‘३४ हजार नागरिकता बाहकका सन्तानलाई नागरिकता नदिनुस्’

  • | शुक्रबार, १३ बैशाख, २०७६
  • | 1 year ago


काठमाडौं । सर्वोच्च अदालतले २०५४ सालमा कानूनविपरीत बाँडिएका ३४ हजार नागरिकता बाहकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको छ ।

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषेत्तम भण्डारीको इजलासले नागरिकताको विवाद नटुंगिएसम्म उनीहरुको सन्तानलाई वंशजको आधारमा नागरिकता नदिन आदेश दिएको हो ।

 

उक्त आदेशमा भनिएको छ, ‘सर्वोच्च अदालतले नै ०५३ साल र ०५८ सालमा अनधिकृत ढंगले बाँडेका नागरिकता बदर गर्नु भनेर आदेश दिएको हुनाले त्यसरी त्यसरी अनधिकृत ढंगले नागरिकता प्राप्त गरेका सन्तानलाई पनि अहिले ०७५ चैत १९ को परिपत्रले नागरिकता दिने व्यवस्था गरेको हुनाले त्यो परिपत्र हाल कार्यान्वयन नगर्नु, नगराउनू ।’

२०५४ सालमा कानुनविपरीत वितरण गरिएका ३४ हजार नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिइन लागिएको भन्दै अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले खारेजको मागदाबीसहित वैशाख ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।