एक सय गोल गरेर सन्तोषले बनाए नयाँ रेकर्ड

  • | बुधबार, २३ पुष, २०७६
  • | 6 months ago


काठमाडौं । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेर नयाँ रेकर्ड बनाएका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले बुधबारको खेलमा १००औँ गोल गरेका हुन् ।

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गरे । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।