शान्तिलाई ‘मिसेस व्यूटी क्विन २०१९’को ताज

  • | आइतबार, १३ माघ, २०७५
  • | 5 months ago


काठमाडौं । ‘लेट मिइन मिसेस ब्यूटी क्विन २०१९’को ताज काठमाडौं धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले पहिरिएकी छिन् ।

 

कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाईपछि पार्दै लिम्बूले ताज जितेकी हुन् ।
योसँगै उनले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गरिन् । सिजन मिडियाको आयोजनामा भएको मिसेस ब्यूटी क्वीन नेपालको दोस्रो संस्करणको प्रतियोगितामा २२

 

प्रतियोगीमध्ये छानिएका उत्कृष्ट १० आमालाई ‘तपाईंको विचारमा सफल वैवाहिक जीवनका लागि महत्वपूर्ण कुराहरू के हुन सक्छन’ भनेर प्रमुख निर्णायक प्रतापराज वन्तले सोधेको जिज्ञासाको जवाफमा प्रतियोगी नम्बर २४ की लिम्बुले भनिन्, ‘मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एकअर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ ।’
यही जवाफले आठ निर्णायकको मन जितेर उनले ताज पहिरिएकी हुन् ।

 

उनलाई यस अघिकी मिसेस ब्यूटी क्वीन सदीक्षा अर्यालले ताज पहि¥याएकी थिइन् । ताजसँगै उनले नगद ५० हजार रुपैयाँ र लेट्स सुजुकी स्कुटरसहित दुबई यात्राको दोहोरो हवाई टिकट पाएकी छिन् ।

 

प्रतियोगितामा काठमाडौं ज्ञानेश्वरकी ३० वर्षीया मनिशा विमली फष्ट रनर अप र काठमाडौं सानो भ¥यांकी ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनर अप हुन सफल भएकी छन् ।