सन्दीप लामिछानेलाई अमेरिकाद्वारा भिसा अस्वीकार

  • | मंगलबार, २८ साउन, २०७६
  • | 4 days ago


काठमाडौं । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले ट्विट गर्दै कागजी प्रक्रिया सबै पूरा गर्दा पनि नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको बताएका छन् ।

 

विश्वका थुप्रै फ्रेन्चाईज लिग खेलिसकेका सन्दीप यसपटक सिपएल खेल्नका लागि जान भिसाका लागि आवेदन दिएका थिए ।

 

काठमाडौंमा रहेको अमेरिकन दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमा सन्दीपले अमेरिकन दूतावासले भिसा नदिएको घटनाले आफू आश्चर्यमा परेको बताएका छन् ।

s