सन्दीप बने वर्षकै उत्कृष्ट खेलाडी

  • | मंगलबार, २१ फागुन, २०७५
  • | 2 weeks ago



काठमाडौं । क्रिकेटर अफ दी इयरको अवार्ड सन्दीप लामिछानेले पाएका छन् ।  नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएले प्रदान गरेको क्रिकेट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी सन्दीप बने भने महिला तर्फ सिता रानामगरले उपाधि जितेकी छन् ।

 

यस्तै वर्षको उत्कृष्ट उदयीमान खेलाडीको अवार्ड रोहित कुमार पोडलेले जितेका छन् । मंगलबार रसियन कल्चर सेन्टरमा भएको कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।

 

क्रिकेटर अफ दी इयरको पुरुष तर्फको अवार्ड जित्न सफल सन्दिपले पछिल्लो एक वर्षमा घरेलु मात्र होइन अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले दिपेन्द्र ऐरी, करण केसी, सोमपाल कामी, पारस खड्कालाई पछि पारेका हुन् ।

 

वर्षको उत्कृष्ट उदयीमान खेलाडीको उपाधि रोहितकुमार पौडेलले जितेका छन् ।  उनले ललित राजवंशी, अभिनाश बोहरा, कविता कुवँर, सन्दिप जोरालाई पछि पारे ।
नेपालले युएई विरुद्धको टी–२० र एकदिवसिय सिरीज जित्दा टिमको सदस्य रहेका रोहित नेपालका लागि भरपर्दा खेलाडीका रुपमा गनिएका छन् ।
वर्षको उत्कृष्ट महिला क्रिकेटको उपाधि सिता रानामगरले जितेकी छिन् ।

 

उनले मनोनयनमा परेका इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री र सरिता मगरलाई पछि पारेकी हुन् । हालै थाइल्याण्डमा भएको आइसीसी टी–२० महिला विश्वकप छनोटमा सिताको उत्कृष्ट प्रर्दशन गर्दै एक सय ३८ रन बनाएकी थिइन ।

लाइफटाइम अचिमभेन्ट अवार्डका कोमल बहादुर पाण्डेलाई प्रदान गरिएको छ । 

यस्तै मोमेन्ट अफ दी इयरको अवार्ड करण केसीले जितेका छन् । अनलाईन भोटिङका आधारमा विजेताको घोषणा गरिएको हो । यो विधामा कुल १० खेलाडीलाई मनोनयनमा राखिएको थियो ।

 

वर्षको उत्कृष्ट खेलाडी पुरुषले १ लाख ३२ हजार रुपैयाँ पाउँदा अन्य चार विधाका विजेताले भने जनही ६६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।