सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दियाे

  • | मंगलबार, २८ साउन, २०७६
  • | 4 days ago

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएकाे छ ।
मंगलबार बिहान अन्तर्वार्ताका लागि दूतावास पुगेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । तर फेरि दूतावासले बोलाएको थियो ।

 

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए ।

 

तर, भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका थिए ।
आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका थिए ।