सामसुङको आकर्षक छुट योजना

  • | शुक्रबार, २९ चैत, २०७५
  • | 2 months ago


काठमाडौं । सामसुङले एस टेन र एस टेन प्लसको खरिदमा ग्यालेक्सी बर्ड र एलइडी वा क्लियर भ्यु कभरमा आकर्षक छुट योजना ल्याएको छ ।

 

सामसुङ एस टेनको खरिदसँगै १४ हजार ४ सय ९० रुपैयाँ पर्ने ग्यालेक्सी बर्ड ४ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, एस टेन प्लसको खरिदसँग ९ हजार ९ सय ९० रुपैयाँ पर्ने ग्यालेक्सी बुड खरिद गर्न सकिनेछ ।

 

एस टेन र एस टेन प्लस दुवैको खरिदसँगै क्लियर भ्यु खरिद गर्दा ३० प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस टेन सिरिज सामसुङको नयाँ सिरिजको फोन हो । यो यही वर्षको सुरुदेखि बजारमा ल्याइएको हो ।