सामसङका नयाँ स्मार्टफोन बजारमा

  • | बिहीबार, ७ चैत, २०७५
  • | 2 months ago


काठमाडौं । सामसङले ए सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए ५० र ए ३० बजारमा ल्याएको छ ।

 

यी मोडलहरुमा अल्ट्रा–वाइड एंगल क्यामरा (भिडियो), चाडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि यु डिस्प्ले आदि विशेषता रहेका छन् ।
ग्यालेक्सी ए ५० को साइज ६.४ इञ्च तथा ४ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ भने नीलो र कालो दुइ रंगमा उपलब्ध छ । यसको बजार मूल्य ३३,४९० छ ।

 

त्यस्तै, ए ३० को साइज पनि ६.४ इञ्च नै छ भने रातो नीलो र कालो रंगमा उपलब्ध रहेका यी सेटको मूल्य २८ हजार ४ सय ९० तोकिएको छ । चैत २ गतेबाट बजारका उपलब्ध रहेको कम्पनीले जनाएको छ ।