सामसङ ग्यालेक्सी ए ८० स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए ८० स्मार्टफोन नेपाली बजारमा आएको छ । फोनको प्रयोगले लाइभ संवाद, फोटो खिच्न, भिडियो हेर्न तथा आफ्ना अनुभव साट्न सजिलो हुने कम्पनीको दाबी छ ।
यसको लागि वास्तविक एवं अर्थपूर्ण कनेक्सनको आवश्यता महसुस हुन थालेको कम्पनीको भनाइ छ । फोनमा फुल स्क्रिन डिस्प्ले, सामसङको पहिलो क्रान्तिकारी रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट व्याट्रि जस्ता अद्वितीय सुविधा रहेको छ । सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले ग्राहक केन्द्रित भएर हरेक कार्यहरु गर्दै आएको बताए ।
ग्यालेक्सी ए ८० मा ३ हजार ७ सय एलएएचको ब्याट्री लाग्छ भने २५ वाट सुपर फास्ट चार्जिङ्ग क्षमताले लामो समयसम्म आवद्ध हुने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएको एक्टीभ पावर सेभले व्यट्रीलाई स्मार्ट तरिकाबाट बचत गरी फोनको कार्य सम्पादन गर्न सकिने छ । ग्यालेक्सी ए ८० को मूलय ७९ हजार ९ सय ९० रुपैयाँ तय गरिएको छ ।