समृद्धि ल्याउने गरी खोज, अनुसन्धान गर्न आग्रह

  • | मंगलबार, २८ जेष्ठ, २०७६
  • | 5 days ago


काठमाडौं । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले जनताको जीवनमा समृद्धि ल्याउने गरी खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

ललितपुरको जावलाखेलमा ‘विज्ञान सडक मेला’ को उद्घाटन गर्दै उनले सरकारले विदेशमा रहेका नेपाली वैज्ञानिकहरुको ज्ञान, सीप र दक्षताको स्वदेशमै उपयोग गर्न जोड दिएको पनि बताए ।

 

कार्यक्रममा पूर्व मन्त्री गणेश साहले विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नयाँ अवधारणाबारे जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरेको हो ।