२३ औं पटक सगरमाथाको चुचुरोमा पुगेर कामिरिताले राखे नयाँ विश्व कीर्तिमान

  • | बुधबार, १ जेष्ठ, २०७६
  • | 2 months ago

 

काठमाडौं । २३ औं पटक सगरमाथा आरोहण गरेर सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिता शेर्पाले
नयाँ विश्व कीर्तिमान राखेका छन् ।

 

बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर उनले नयाँ विश्व कीर्तिमान राखेका हुन् ।  आधार शिविरस्थित पर्यटन विभागकी निर्देशक मीरा आचार्यले कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेको बताइन् ।

 

आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको विषय भएको बताए ।
उनले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए ।  शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।