जाडो मौसममा साग खानुका फाइदा

  • | मंगलबार, १७ पुष, २०७५
  • | 6 months ago


काठमाडौं । जाडो मौसममा पाइने सागपात स्वादिलो मात्र हुने नभई यसमा हुने भिटामिन, मिनरल, फाइबर, एन्टीअक्सिडेन्ट तथा फाइटोन्यूट्रिएन्टस स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

 

यस्ता सागपातले यसले शरीरको तौल घटाउनेदेखि लिएर अनुहारको चाउरीपना समेत हटाउन मद्दत गर्दछ । सागमा हुने भिटामिन तथा मिनरल्सले शरीरको मेटाबोलिज्म राम्रो बनाउनुका साथै रक्तसंचार र तौल बढ्न पनि नियन्त्रण गर्दछ ।

 

जोर्नी दुखाई कम गर्न तोरीको साग महत्वपूर्ण मानिन्छ । तोरीको सागले जोर्नी दुखाई कम गर्न मद्दत गर्दछ । तोरीको सागमा क्यालोरी र फ्याट कम हुने गर्दछ । तर, कार्बाेहाइड्रेट, फाइबर, पोटासियम, भिटामिन ए, सी, डी, बी–१२, म्याग्नेसियम, आइरन तथा क्याल्सियमको मात्रा भरपुर रहेको हुन्छ । यसमा हुने एन्टीअक्सिडेन्टले शरीरले शरीरमा प्रतिरक्षा प्रणाली विकास गर्दछ ।

 

मुटु स्वस्थ राख्न पालकको साग खानुपर्छ । पालकमा प्रोटिन, कार्बाेहाइड्रेट, फाइबर, पोलिस्याचुरेटेड फ्याट, ओमेगा–३ र ओमेगा–६ प्रशस्त मात्रामा पाउन सकिन्छ । यसमा क्यालोरीको मात्रा पनि कम हुन्छ जसले रक्तचाप नियन्त्रण गरी हृदयलाई सुरक्षा प्रदान गर्दछ ।
जोडा समयमा शरिरमा पानी पनि कम हुन्छ । बेथेको साग खानाले शरीरमा भिटामिन ए, क्याल्सियम, फोस्फोरस तथा पोटासियम भरपुर मात्रामा पाउन सकिन्छ जसले मृगौला पत्थरी हुने खतरालाई एकदमै न्यून बनाउँदछ ।

 

मेथीमा फोलिक एसिड, भिटामिन ए, बी–६, सी, पोटासियम, आइरन, फोस्फोरस तथा क्याल्सियम प्रशस्त हुने गर्दछ । यसले मधुमेहबाट बच्न मद्दत गर्दछ । मेथी फाइबरको पनि राम्रो स्रोत हो जसले पेट सफा राख्न मद्दत गर्दछ ।
एजेन्सीको सहयोगमा