सडक निर्माणमा ढिलाईपछि थलीका बासिन्दा आन्दोलित

  • | मंगलबार, २८ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । सडक निर्माणमा ढिलाई भएको भन्दै काठमाडौंको थलीका बासिन्दा आन्दोलित भएका छन् ।

 

सडक विस्तारका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।

 

प्रदर्शनपछि चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुसम्म सवारी आवागमन ठप्प भएको छ । स्थानीयले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

‘सडक निर्माण छिटो सक’, ‘स्थानीय सरकार मुर्दावाद’लगायत प्लेकार्ड लिएर सडकमा उत्रिएका युवाहरुले ठेक्का लिएर काम नगर्ने ठेकेदार विरुद्ध कारबाही गर्न पनि माग समेत गरेका छन् ।