‘रोयल एनफिल्ड क्लासिक–३५० सीसी’ को मोटरसाईकल बजारमा

  • | मंगलबार, २१ जेष्ठ, २०७६
  • | 1 week ago


काठमाडौं । ‘रोयल एनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्ररुपको विवेक अटोमोबाइल्स प्रालिले उक्त मोटरसाईकल बजारमा ल्याएको हो ।

 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मोडलको नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । ग्रे कलरमा सजिएको सो मोटरसाइकलको मूल्य ५ लाख १५ हजार तोकिएको छ । नेपाली युवाको सपनालाई पुरा गर्न यो नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याइएको र यसको मूल्य चालू आर्थिक वर्षपछि केही बढ्ने विवेक अटोमोवाइल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिए ।

 

कम्पनीले मंगलबारबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत् सो मोडलका मोटरसाईकलको विक्री वितरण खुला गरिएको छ ।