रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाइनलमा प्रवेश

  • | बिहीबार, २३ जेष्ठ, २०७६
  • | 1 week ago


एजेन्सी । फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा प्रवेश गरेको छ ।
पोर्टोमा बुधबार रातिको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको हो ।

 

पोर्टोमा खेलको २५औं मिनेटमा रोनाल्डोले २५ यार्ड टाढा प्राप्त फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दा १ गोल खान पुगेको थियो । ५७औं मिनेटमा रिकार्डो रोड्रिग्वेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

 

८८ औं मिनेटमा रोनाल्डोले बर्नाडो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ ले अघि बढाएका थिए ।
खेलको ९० औं मिनेटमा रोनाल्डोको ह्याट्रिक गर्दै टिमलाई ३–१ को जित दिलाए ।