रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरोध

  • | शनिबार, १९ माघ, २०७५
  • | 5 months ago


काठमाडौं । रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरुद्ध मजदुर संगठनहरुले देशव्यापी रेष्टुराँ बन्द गर्ने भएका छन् । मजदुर संगठनहरुले संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आगामी माघ २२ गते देखि देशभरिका रेष्टुराँ बन्दको घोषणा गरेका हुन् ।

 

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले गत मंगलबारदेखि लागू हुने गरी १० प्रतिशत सेवा शुल्क खारेजीको निर्णय गरेको थियो । सेवा शुल्क कटौतिको विरुद्ध तत्कालीन एमाले, माओवादी र कांग्रेस निकट मजदुर संगठनहरुले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सत्तापक्षीय मजदुर संगठनले नै बन्द हड्तालमा उत्रेको भन्दै व्यवसायीहरुले भने विरोध गरेका छन् ।

 

काठमाडौं, पोखरा, चितवन, सौरहा तथा लुम्बिनीका आधिकांस रेष्टुरेन्हरुले १० प्रतिशथ सेवा शुल्क लिन छाडेका छन् । मजदुर संगठनहरुले माघ २० देखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । जसमा कोणसभा तथा सेवा शुल्क हटाउने रेष्टुरेन्ट बहिस्कार र २२ देखि देशभरका रेष्टुरेन्ट बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको माओवादी निकट अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघका महासचिव मुक्ति दाहालले जानकारी दिए ।

 

आँगन, गुलाब स्विट्स, संगम स्विट्स, केएफसी, थर्ड आई, ब्ल्याक पिपर, भ्याली फ्राइड चिकेन, नाङ्लो बेकरी लगायत काठमाडौका दर्जनांै ठूला रेष्टुराँहरुले सेवा शुल्क विलमा जोड्न छाडेको रेबानले जनाएको छ । त्यस्तैगरी पोखरा, चितवन र सौराहाका रेष्टुराँहरुले पनि सेवा शुल्क लिन छोडेको रेबानले जनाएको छ ।