‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक

  • | आइतबार, ५ साउन, २०७६
  • | 1 year ago


काठमाडौं । चलचित्र ‘रातो गलबन्दी’ को ट्रेलर सार्वजनिक भएको छ । यहि साउन १७ गतेबाट प्रदर्शन हुने चलचित्रको ट्रेलरमा केकी अधिकारी, कोशिस क्षेत्री र बुद्धि तामाङलाई देखाइएको छ ।
ट्रेलरको मध्येभागमा गीतलाई पनि स्थान दिँदा अन्तिममा पिडासँगै ट्रेलरको अन्त्य भएको छ ।

 अनिश थापाको निर्देशन रहेको उनको यो डेब्यू निर्देशित फिल्म हो । फिल्मको कथालाई किरण माइकलले लेखेका हुन् ।
फिल्ममा हिमाल कडरियाको कथा छ । बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे सह निर्माता तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । सुमन तामाङले फिल्मको छायांकन रहेको छ ।