राष्ट्रपति पुटिनले नियुक्त गरे नयाँ प्रधानमन्त्री

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएपछि उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
पुटिनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।
क्रेमलिनद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उनलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गरेका छन् ।’
पुटिनको आग्रहलाई मिखाइलले स्वीकार गरेपछि उनलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका थिए ।