राप्रपाका अध्यक्ष कमल थापासहित एक दर्जन नेता, कार्यकर्ता पक्राउ

  • | शुक्रबार, ६ बैशाख, २०७६
  • | 3 months ago


काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापासहित एक दर्जनभन्दा बढि नेता, कार्यकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

 

शान्तिबाटिकामा राप्रपाले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहित नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरासमेत रहेका छन् ।

 

काठमाडौंको रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए ।

राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।

 

संविधानमा भएको धर्म निरपेक्षतासम्बन्धी प्रावधानप्रति असन्तुष्टी जनाउँदै शुक्रबार देशका विभिन्न जिल्लामा ‘धर्म निरपेक्षता’ लेखिएको प्ले कार्ड र ब्यानर जलाएको छ ।