‘धर्म निरपेक्षता’ लेखिएको प्ले कार्ड र ब्यानर जलाइयो

  • | शुक्रबार, ६ बैशाख, २०७६
  • | 1 month ago


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संविधानमा भएको धर्म निरपेक्षतासम्बन्धी प्रावधानप्रति असन्तुष्टी जनाउँदै शुक्रबार देशका विभिन्न जिल्लामा ‘धर्म निरपेक्षता’ लेखिएको प्ले कार्ड र ब्यानर जलाएको छ ।

 

राप्रपाले २२ सूत्रीय मागबारे सरकार गम्भीर नभएको भन्दै सांकेतिक रुपमा संघर्षका कार्यक्रमअन्तर्गत धर्म निरपेक्षता लेखिएका प्लेकार्ड र ब्यानर जलाएको हो ।
पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनको अगुवाइमा झापाको सदरमुकाम चन्द्रगढीमा भएको प्रदर्शनपछि ब्यानर र प्लेकार्ड जलाइएको छ ।

 

धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको माग राख्दै विरोध र्याली निकालिएपछि सदरमुकाममा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो ।