राखेपको सदस्य सचिवमा सिलवालले लिए सपथ

  • | सोमबार, २३ आषाढ, २०७६
  • | 1 week ago


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा नियुक्त भएका रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वर्माले सिलवाललाई सोमबारदेखि लागु हुने गरी सदस्य सचिवमा नियुक्त गरेका हुन् ।

 

सिलवालले मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ लिए ।
उनलाई मन्त्री विश्वकर्माले सपथ ग्रहण गराएका हुन् । गएको असार ९ गते तत्कालीन सदस्यसचिव केशवकुमार विष्टको चार वर्षे कार्यकाल सकिएपछि राखेप सदस्य सचिवविहीन बनेको थियो ।