बलिउड अभिनेत्री ऐश्वर्याले ‘कतार शो’ को उद्घाटन गर्ने

  • | मंगलबार, ७ फागुन, २०७५
  • | 4 months ago


एजेन्सी । ‘कतार शो २०१९’ कोे उद्घाटन अभिनेत्री एवं पूर्वविश्वसुन्दरी ऐश्वर्या राय बच्चनले गर्ने भएकी छिन् ।

 

कतार एयरवेजले ‘कतार शो २०१९’ को उद्घाटनका लागि चर्चित बलिउड अभिनेत्री एवं पूर्वविश्वसुन्दरी ऐश्वर्या राय बच्चनलाई दोहा लैजाने भएको हो ।
कतार शोमा यसपटक बलिउडबाहेक अन्य देशका सेलिब्रेटीहरुलाई समेत लगिने बताइएको छ ।
कतार शो यही फेब्रुअरी २० देखि २५ तारिखसम्म कतारको दोहामा हुँदैछ ।

 

शोमा ४ सय बढी लक्जरी ज्वेलरी ब्राण्ड सहभागी हुनेछन् । शोमा विभिन्न समयका ज्वेलरी डिजाइन प्रदर्शनी गरिने बताइएको छ ।
एयरवेज शोको आधिकारिक एयरलाइन पार्टनर रहेको छ । शेमा चाइनिज ज्वेलरी डिजाइनर ब्यु हान छु र फेसन डिजाइनर ग्रेस चेन पनि सहभागी हुनेछन् ।
शोमा विश्वका उत्कृष्ट धातुहरुजडित गरगहना, घडीहरु प्रदर्शनीमा राखिने बताइएको छ ।