पूर्व आयुक्त पाठक ७८ लाख धरौटीमा छुटे

  • | बुधबार, १ जेष्ठ, २०७६
  • | 4 days ago


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतले ७८ लाख रुपैयाँ राखेर रिहा गर्न आदेश दिएको थियो । उनी नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा पाठक रिहा भएका हुन् ।

 

पाठक बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका थिए । बुधबार नै बयान पछि थुनछेक बहस भएको थियो ।
अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको थियो ।

 

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

 

उनीसँगै प्रतिवादी बनाइएका नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपाने भने अझसम्म फरार छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।