ब्याडमिन्टन वरियतामा नेपालका प्रिन्स दाहाल १४ औं स्थानमा

  • | मंगलबार, २२ पुष, २०७६
  • | 9 months ago


काठमाडौं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको वरियतामा १४ औं स्थानमा परेका छन् ।

 

विश्व ब्याडमिन्टन महासंघले मंगलबार सार्वजनिक गरेको वरियतामा १५ वर्षीय प्रिन्स १४ औं स्थानमा परेका हुन् ।
यो वरियता नेपाली खेलाडीले अहिलेसम्म पाएकोमध्ये सबैभन्दा ठूलो हो ।

 

अघिल्लो वरियतामा ३२ औं स्थानमा रहेका उनी १८ स्थान छलाङ मार्दै १४ औं स्थानमा उक्लिएका हुन् । चार महिनाअघि दुबई इन्टरनेश्नल सिरिजमा उपाधि जितेपछि शीर्ष ५० को वरियतामा समावेश भएका प्रिन्सले भारतमा भएको जुनियर इन्टरनेश्नल सिरिजको क्वाटरफाइनल खेलेका थिए ।