प्रकाशको नाममा दुवईमा २१ अर्ब रहेको भन्दै गलत प्रचार : निजी सचिवालय

  • | मंगलबार, २८ साउन, २०७६
  • | 4 days ago


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिवालयले प्रचण्डको दुवई भ्रमणबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाएको छ ।

 

प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले एक विज्ञप्ति जारी गर्दै षड्यन्त्रपूर्ण र झुठो प्रचार गर्ने तत्वहरुलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
विज्ञप्तिमा प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको नाममा दुवईमा २१ अर्ब रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न प्रचण्ड परिवार दुवई गएको भनेर गलत प्रचार गरिएको उल्लेख गरिएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘दिवगंत कमरेड प्रकाश दाहालको नाममा दुवईको बैंकमा २१ अर्व रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुवई गएको भन्ने कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।’

 

 

महराले स्वर्गीय दाहालको विदेशका कुनै पनि बैंकमा खाता र पैसा नरहेको बताउँदै भनेका छन् ‘हामी दिवंगत प्रकाशको नाममा विदेशका कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिन्छौँ ।’

prahcada