प्रभुको नयाँ शाखा कार्यालय अत्तरियामा

  • | बिहीबार, ३० जेष्ठ, २०७६
  • | 1 month ago


काठमाडौं । प्रभु बैंक लिमिटेडले कैलाली गोदावरी नगरपालिका १ स्थित अत्तरियामा शाखा विस्तार गरेको छ ।
शाखाको गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका हुन् ।

 

उद्घाटन गर्दै प्रमुख साउदले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।

 

यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको उनको भनाइ छ ।

अत्तरिया शाखा कार्यालयबाट उक्त क्षेत्रका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकको छ ।