प्रभुको शाखा कार्यालय विस्तार

  • | सोमबार, २० जेष्ठ, २०७६
  • | 1 week ago


काठमाडौं । प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका १४ बल्खु र दाङको लमही नगरपालिका ५ मा शाखा कार्यालय विस्तार गरेको छ ।
काठमाडौं बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले एक समारोहकाबीच उद्घाटन गरेका छन् ।

 

शाखा कार्यालयहरु उद्घाटन गर्दै शिवाकोटी र केसीले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताएका छन् ।

 

बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ पहुँचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन सर्वसाधारणहरुलाई आग्रह समेत गरेका छन् ।