पब्जी प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

  • | शुक्रबार, ६ बैशाख, २०७६
  • | 3 months ago


काठमाडौं । सर्वोच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न शुक्रबार अन्तरिम आदेश जारी गरेको छ ।

 

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

 

यसअघि महानगरीय प्रहरी अपराध महाशाखाको विशेष पहलमा सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिइएको थियो ।
बालबालिकामा त्यसबाट एकोहोरो लत बस्दै नकारात्मक असर देखिनेलगायतका विभिन्न समस्या बढेको गुनासो बढेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न लगाइएको थियो । यो इन्टरनेटमा खेलिने भिडियो खेल हो ।