पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ ।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै रहेको निगमले जनाएको छ ।