घट्यो पेट्रोलियम पदार्थको मूल्य

  • | आइतबार, १ आषाढ, २०७६
  • | 1 month ago


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।