पेट्रोलको मूल्य घट्यो

  • | बिहीबार, २३ जेष्ठ, २०७६
  • | 1 week ago


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले समायोजन गरिएको निगमले जनाएको छ ।

 

मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य १ सय १० प्रतिलिटर कायम गरिएको छ ।  भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले बताए ।

 

डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।