‘पब्जी’ खेल प्रतिबन्ध

  • | बिहीबार, २८ चैत, २०७५
  • | 1 week ago


काठमाडौं । नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध लगाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष पहलमा बिहीबारदेखि सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिइएको हो ।

 

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार बालबालिकामा त्यसबाट एकोहोरो लत बस्दै नकारात्मक असर देखिनेलगायतका विभिन्न समस्या बढेको गुनासो बढेसँगै पब्जी खेल बन्द गर्न लगाइएको हो ।