२० हजार घूस लिंदालिंदै पक्राउ

  • | आइतबार, २९ बैशाख, २०७६
  • | 1 week ago


बुटवल । पश्चिम नवलपरासीको नापी कार्यालयका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसँग घूस रकम लिंदालिंदै पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले सेवाग्राहीसँग २० हजार घूस लिँदै गर्दा ठकुल्लालाई रंगेहात पक्राउ गरेको हो ।

 

आफ्नै कार्यकक्षबाट आइतबार दिउँसो पक्राउ परेका ठकुल्लाले जग्गा बिक्री गर्दा क्षेत्रफल नपुगेपछि आफूले मिलाइदिने भन्दै २० हजार रुपैयाँ घूस मागेको सूचनाका आधारमा पक्राउ गरिएको आयोगले जनाएको छ ।