अवैध नेटवर्किङ व्यवसाय गर्ने १२ भारतीय पक्राउ

  • | शनिबार, २८ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । काठमाडौं दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले १२ भारतीयलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो लगायतको संयुक्त टोलीले अवैध नेटवर्किङ व्यवसाय गर्ने भारतियलाई नियन्त्रणमा लिएको हो ।

 

परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा साइन गुप्रका डारेक्टर रसिद नासिङसहित १२ जना रहेका छन् ।

 

उनीहरुले होटलको कोठा लिएर लिएर शुक्रबारदेखि ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिएका थिए । करीब ३ सय जना नेपालीलाई सदस्य बनाउने योजना उनीहरुको भएको प्रहरीले जनाएको छ ।  उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।