पाकिस्तानमा बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु

  • | बुधबार, २५ बैशाख, २०७६
  • | 1 week ago


एजेन्सी । पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर बम विस्फोट भएको छ ।

 

विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनामा प्रहरीसहित धेरै व्यक्ति घाइतेको भएको हुन सक्ने आशंका गरिएको छ ।

अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन्। विस्फोटन प्रसिद्ध दाता दरबार सुफी दरगाहनजिकै भएको हो ।
अहिलेसम्म कुनै पनि समूहले घटनाको जिम्मेवरी लिएको छैन ।