घूस लिएको आरोपमा समातिए अधिकृत र व्यवसायी

  • | बिहीबार, ३० फागुन, २०७५
  • | 1 week ago


काठमाडौं । सव डिभिजन बन कार्यालय कैलालीका सहायक बन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशी घूसलिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई घूससहित पक्राउ गरेको हो ।

 

अनुसन्धान भइरहेको मुद्दाको मिसिल सामान्य बनाइदिने भनी ३० हजार घूस लिएको आरोपमा शाह र जोशीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
घूसबापतको रकम लिइसकेको अवस्थामा बन कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

 

सेवाग्राहीसँग घूस मागिरहेको सूचना आएपछि आयोगको कञ्चनपुरस्थित कार्यालयबाट टोली खटिएको थियो ।